चुनावमा अन्तर्घात गरेकाे भन्दै कांग्रेस जिल्ला सचिवसहित ३३ जनासँग स्पष्टीकरण माग

फाइल तस्बिर

जिल्लामा सम्पन्न तीन तहको चुनावमा पार्टीका आधिकारिक उम्मेदवारलाई असहयोग गरेको र पार्टीको हित विपरीत काम गरेको भन्दै कांग्रेस नेता तथा कार्यकर्तासँग स्पष्टीकरण माग गरिएको छ ।

नेपाली कांग्रेसका जिल्ला सचिव प्रेमबहादुर सिंह रायमाझी सहित जिल्लाका ३३ जना कांग्रेस नेता तथा कार्यकर्तासँग अनुशासन समितिले स्पष्टीकरण माग गरेको हो ।

अनुशासन समितिले निर्वाचन क्षेत्र नं. ३ का प्रतिनिधि सभा क्षेत्रका क्षेत्रीय सभापति अकिल मियाँ, महासमिति सदस्यहरु ब्रम्हानन्द उपाध्याय, धनश्याम अग्रहरीसँग स्पष्टीकरण माग गरेको छ ।

त्यस्तै महाअधिवेशन प्रतिनिधिहरु दिपक शुक्ला, माधुरी श्रेष्ठ, दुधनाथ उपाध्याय र रीता मिश्रामाथि पार्टी हित विपरीत काम गरेको उजुरी परेको छ । वडा नम्बर ५ का वडाध्यक्ष दिरेप चौधरी, नेपाल विद्यार्थी संघका पूर्व केन्द्रीय सह(महामन्त्री प्रकाश घिमिरे, पूर्व जिल्ला सचिव विनोद नेपाललाई पनि पार्टी हित विपरीत काम गरेको, आधिकारिक उम्मेदवारविरुद्ध अन्तर्घात गरेको आरोपमा स्पष्टीकरण माग गरिएको छ ।

गएको साउन १० गते बसेको पार्टीको केन्द्रीय अनुशासन समितिको बैठकले यो निर्णय गरेको हो । अनुशासन समितिका संयोजक भिष्मराज आङ्गदाम्बेले जिल्लाका ३३ जना नेता तथा कार्यकर्ताहरुसँग लिखित रुपमा स्पष्टीकरण माग गरेको जानकारी दिए ।

प्रकाशित मिति: : 2019-10-03 14:35:06

प्रतिकृया दिनुहोस्