आठौं राष्ट्रिय खेलकूदः चन्द्रकलाको अर्को कीर्तिमान

आठौंअन्तर्गत आर्चरीमा प्रतिस्पर्धा गर्दै आइशा तामाङ।

आठौं राष्ट्रिय खेलकूदअन्तर्गत ४४ औं राष्ट्रिय एथलेटिक्सको महिला ज्याभ्लिन थ्रोमा नेपाल प्रहरीकी चन्द्रकला लाम्गाडेले शुक्रबार राष्ट्रिय कीर्तिमान कायम गरेकी छन् ।

दाङको बेल्झण्डीमा भइरहेको प्रतियोगितामा चन्द्रकलाले ४४.०५ मिटर थ्रो गर्दै आफ्नै नाममा रहेको कीर्तिमानमा सुधार गरेकी हुन्। एक वर्षअघि इटहरीमा भएको राखेप च्याम्पियनसिपमा चन्द्रकलाले ४३.९४ मिटरको कीर्तिमान बनाएकी थिइन्।

पहिलो दिन बिहीबार चन्द्रकलाले सटपुटमा पनि कीर्तिमानी स्वर्ण जितेकी थिइन्। आर्मीकी लक्ष्मी थारू दोस्रो तथा एपीएफकी सीमाकुमार थारु तेस्रो भए।

उक्त स्पर्धामाको पुरूषमा आर्मीका रोहित चौधरी पहिलो भए। उनले ५६.५८ मिटर टाढा फाले। एपीएफका मनोज डगौरा दोस्रो तथा प्रहरीका वीरेन्द्र चौधरी तेस्रो बने।

पुरूष १ हजार ५ सय मिटर दौडमा आर्मीका टंक कार्कीले स्वर्ण जिते। निर्धारित दूरी तय गर्न टंकले ४ मिनेट ०१.९ सेकेन्ड समय लगाए। आर्मीकै उमेश मगरले रजत तथा एपीएफका सन्तोष विष्टले काँस्य जिते। सो स्पर्धाको महिलामा आर्मीकी सरस्वती भट्टराईले शीर्ष स्थान हात पारिन्। सरस्वतीले ४ मिनेट ३६.० सेकेन्ड समय खर्चिन् । प्रदेश ३ की सन्तोषी श्रेष्ठ दोश्रो तथा एपीफकी फुलमती राणा तेस्रो भए ।

पुरूष लङजम्पमा आर्मीका डिल्ली खत्री पहिलो भए। उनले ६.९६ मिटर हाम्फाले। प्रदेश ३ का भुवन महतो दोश्रो तथा प्रहरीका गोपाल चौधरी तेश्रो स्थानमा रहे।

त्यसै स्पर्धाको महिलामा ५.२१ मिटर हाम्फालेर आर्मीकी कृष्णा चौधरी पहिलो भइन्। एपीएफकी शिला चौधरी दोश्रो तथा प्रदेश ५ की जयरानी चौधरी तेश्रो भए ।

ह्यान्डबल

आठौं खेलकुदअन्तर्गत राष्ट्रिय ह्यान्डबलको पुरुषमा गण्डकीले सुदूरपश्चिम प्रदेशलाई ४३–१५, आर्मीले कर्णाली प्रदेशलाई ४७–१०, प्रदेश १ ले प्रदेश २ लाई २८–१४ र एपीएफले प्रदेश ३ लाई ३९–२३ ले पराजित गरे ।

महिलामा गण्डकीले प्रदेश ५ लाई २२–४ र प्रदेश ३ लाई १५–४, आर्मीले कर्णालीलाई ५४–२, सुदूरले प्रदेश २ लाई ७–२ तथा एपीएफले प्रदेश १ लाई २८–१० ले हराए।

पुरुष/महिला दुवैमा सातै प्रदेश, आर्मी र एपीएफ गरी ९ टिम सहभागी छन् । पुरुषको १९ औं र महिलाको १० औं संस्करण हो । फाइनल बैशाख १० गते हुने छ ।

सेपकताक्रोः प्रदेश ३ समूह विजेता

आठौंअन्तर्गत पाँचौं राष्ट्रिय सेपाकताक्रोको महिला रेगुमा प्रदेश ३ समूह ‘ए’ को विजेता बन्दै सेमिफाइनलमा पुगेको छ।

दोहोरो जित हात पारेको प्रदेश ३ ले गण्डकीलाई २–० तथा प्रदेश ५ लाई २–० को सोझो सेटमा पराजित गर्‍यो। तीन टिम रहेको यो समूहबाट प्रदेश ४ ले प्रदेश ५ लाई २–० को सीधा सेटमा हराउदै उपविजेताका रुपमा सेमिफाइनलमा स्थान बनायो । समूह ‘बी’ को लिगमा आर्मीले प्रदेश १ लाई २–० ले पन्छायो ।

बर्दियाको गुलरियामा भइरहेको प्रतियोगिताको पुरुष रेगुमा सुदूरपश्चिम प्रदेशले प्रदेश ३ लाई र प्रदेश १ लाई समान २–१, प्रदेश ३ ले प्रदेश १ लाई २–० र आर्मीले प्रदेश ५ लाई २–० को सेटमा निराश पारे ।

आर्चरीः छनोट चरण सम्पन्न

आठौंअन्तर्गत नवौं राष्ट्रिय आर्चरी प्रतियोगिताको पहिलो दिन विभिन्न स्पर्धाका छनोट चरणका खेलहरु सम्पन्न भएका छन्।

महिला रिकर्भमा आर्मीका ज्ञानु अवाले, आइशा तामाङ र मित्र राई तथा अन्नपूर्ण आर्चरी क्लबकी विष्णुमाया लिम्बूसहित ८ खेलाडीले छनोट चरण पार गरे । उक्त स्पर्धाको पुरुषमा कास्कीका मुकेश तामाङ, आर्मीका रोशन नगरकोटी, कास्कीका अशिम शेरचन, प्रहरीका तिलक पुनसंगै १६ खेलाडीले छनोट चरणमा सफलता पाए ।

पुरुष कम्पाउन्डमा कास्कीका जाग्रित गुरुङ र राजेश राणा, थसाङ स्पोर्ट्स क्लब, काठमाडौंका रमेश भट्टचन र बाँकी २ ले छनोटमा सफलता पाए । पुरुष स्ट्यान्डर्ड ३० मिटरमा आर्मीका तविन गुरुङ, बेस्ट आर्चरी क्लब, काठमाडौंका प्रज्ज्वल ताइ, आर्मीका कमल दानी, अन्नपूर्णका राजकुमार छन्यालसहित ३२ खेलाडी छनोट भए ।

महिला स्ट्यान्डर्डमा अन्नपूर्णकी अर्चना थापा, एपीएफकी सोनुजया राई, अन्नपूर्णकी अनुशा गुरुङ, आर्मीकी मन्जु बजगाईंसहित १६ खेलाडी छनोट भए ।

प्रतियोगितामा ८८ खेलाडीले विभिन्न १० स्पर्धामा प्रतिस्पर्धा गरिरहेका छन् । प्रतियोगिता आइतबारसम्म चल्नेछ।

अंक तालिका

नेपाल आर्मी

४५

३१

२७

१०३

नेपाल पुलिस

२२

२०

२१

६३

एपिएफ

१७

१६

२८

६१

प्रदेश ३

१५

३३

५७

गण्डकी प्रदेश 

१९

३२

सुदूर पश्चिम प्रदेश

१४

२५

प्रदेश २

१७

प्रदेश ५

१०

२४

३८

प्रदेश १

२६

३८

कर्णाली प्रदेश

एनआरएन

जम्मा

१२१

१२१

२०२

४४४

 

प्रकाशित मिति: : 2019-04-19 21:04:02

प्रतिकृया दिनुहोस्