अर्थमन्त्री दोश्रो पटक नयाँ दिल्लीमा

फाइल तस्बिर

अर्थमन्त्री डा. युवराज खतिवडा बुधबार दिल्ली पुगेका छन्। बिहीबारदेखि सुरु हुने इन्डिया इकोनोमिक समिट–२०१९ (भारत आर्थिक सम्मेलन)मा भाग लिन खतिवडा दिल्ली पुगेका हुन् ।

डब्लुईएफका अनुसार बिहीबारदेखि सुरु हुने दुइ दिने सम्मेलनमा चारवटा विषयगत स्तम्भमा क्षेत्रीय महत्वका रणनीतिक मुद्दाहरुलाई सम्बोधन गरिनेछ। नयाँ भुराजनीतिक यथार्थ र नयाँ सामाजिक, परिस्थिति र प्राविधिक प्रणाली। दक्षिण एशियाली मुलुक तथा आसियान सदस्य मुलुकहरुबीच समन्वय र सहकार्य अभिवृद्धि गर्न यो सम्मेलन केन्द्रित रहने बुझिएको छ।

सम्मेलनलाई बंगलादेशकी प्रधानमन्त्री शेख हसीना र टेनिस खेलाडी तथा दक्षिण एशियाका लागि युएन वुमन गुडविल एम्बेसेडर सानिया मिर्जाले सह अध्यक्षता गर्ने कार्यक्रम रहेको छ।

अर्थमन्त्रीको जिम्मेवारी सम्हालेपछि खतिवडा दोश्रो पटक दिल्ली गएका हुन्। यस अघि इन्डिया फाउन्डेसनले १४–१६ मार्च २०१८ (३०फागुन–२ चैत्र २०७४)मा आयोजना गरेको ‘प्रतिआतंकवाद सम्मेलन २०१८’मा भाग लिन एक दिनका लागि उनी दिल्ली आएका थिए। त्यसको उद्घाटन सत्रमा मुख्य वक्ताको रुपमा उनले सम्बोधन गरेका थिए।

प्रकाशित मिति: : 2019-10-03 11:38:01

प्रतिकृया दिनुहोस्