हैदराबादका निजामको ७१ वर्ष लामो १० लाख पाउण्डको मुद्धा छिनोफानो

Agency

इंग्ल्यान्ड र वेल्सको उच्च अदालतले भारतको हैदराबाद राज्यका पूर्व निजामसँग जोडिएको ७१ वर्ष पुरानो मुद्धाको बुधबार निर्णय सुनाएको छ।

हैदराबादका निजामको सन् १९४८ मा लन्डन बैकमा १० लाख पाउण्ड जम्मा थियो। पैसाको विषयलाई लिएर भारत र पाकिस्तानले आ–आफ्नै दावी गरेका थिए। सन् १९४७ मा भारत र पाकिस्तान विभाजन पूर्व हैदराबाद छुट्टै राज्य थियो। सन् १९४८ मा भारतले तीन पल्ट युद्ध गरेर हैदराबादलाई आफ्नो राज्यमा गाभेको थियो।

नालापानीमा अझै बलभद्रको यादमा गाउँलेहरू शीर उठाउँछन्

त्यसअघि यहाँका राजा निजाम थिए। उनै निजामको बेलायतमा निजी सम्पत्ति थियो। जसको निर्णय बेलायती अदालतले गरेको हो। यसमा हैदराबादका सातौं निजामका दुई उत्तराधिकारीलाई पैसाको हकदार बताइएको छ।

सन् १९४८ मा जम्मा गरिएको १० लाख पाउण्ड अहिले ३५ लाख पाउण्ड भएको छ। यो पैसा लन्डनको नेशनल वेष्टमिनिस्टर बैंकमा सुरक्षित छ।

प्रकाशित मिति: : 2019-10-03 10:38:49

प्रतिकृया दिनुहोस्