स्मिथ र वार्नरको अष्ट्रेलियन टिममा पुनरागमन, विश्वकप खेल्ने अष्ट्रेलियाको टोली घोषणा

तस्बिरः एजेन्सी

आगामी मे ३० देखि इंग्ल्यान्ड र वेल्समा संयुक्त रूपमा आयोजना हुने एक दिवसीय विश्वकपको लागि अष्ट्रेलियाले आफ्नो १५ सदस्यीय टोलीको घोषणा गरेको छ।

डेविड वार्नर र स्टिभ स्मिथलाई समेट्दै आरोन फिन्चको कप्तानीमा १५ सदस्यीय टोलीको घोषणा गरेको हो।

बल टेमिपरिङ काण्डका कारण एक वर्षे प्रतिबन्धमा परेका वार्नर र स्मिथले पुनरागमन गरेका हुन्। नियमित खेलाडी एस्टन टर्नर, पिटर हेन्डस्कम्व र जोश हेजलवुडले अन्तिम १५ सदस्यीयमा स्थान बनाउन सकेनन्।

अष्ट्रेलियाले हालसम्म ५ पटक एक दिवसीय विश्वकप जितिसकेको छ। छैठौं पटक विश्वकप जित्ने धुनमा रहेको अष्ट्रेलिया पछिल्ला ८ वानडे खेलमा अपराजित रहँदै आफूलाई बलियो दाबेदारी प्रस्तुत गरिसकेको छ।

यसअघि भारतलाई उसकै भूमिमा ३-२ ले तथा पकिस्तानलाई ५-० ले हराउँदै सिरिज जितेको थियो।

अष्ट्रेलियाले विश्वकपको पहिलो खेलमा जुन १ मा अफगानिस्तानको सामना गर्दै सुरुवात गर्ने छ ।

अष्ट्रेलियाको विश्वकप खेल्ने १५ सदस्य टोली:

१. आरोन फिन्च (कप्तान)

२. जेसन बेहरनडर्फ

३. एलेक्स केरी (विकेटकीपर)

४. नाथन कुल्टर नाईल

५. प्याट कमिन्स

६. उस्मान खवाजा

७. नाथन लायन

८. शन मार्श

९. ग्लेन म्याक्सवेल

१०. झेय रिचड्सन

११. स्टिभ स्मिथ

१२. मिचेल स्टार्क

१३. मार्कस स्टोईनिस

१४. डेविड वार्नर

१५. एडम जम्पा

प्रकाशित मिति: : 2019-04-15 09:25:33

प्रतिकृया दिनुहोस्