बार्सिलोनाका नियमित फरवार्ड एवं उरूग्वेका कप्तान लुइस सुआरेज दुई साता मैदान बाहिर रहने भएका छन्।
स्पेनिस ला लिगा अन्तर्गत आइतबार राति रियल बेटिसलाई ४–१ ले पराजित गरेको खेलको इन्जुरी समयमा सुआरेजले एंकलमा चोट बोक्दै मैदान छाडेका थिए।
यसपछि बार्सिलोनाले सुआरेज कम्तीमा पनि १० देखि १५ दिन मैदान बाहिर रहने बताएको हो।
चोट बोकेसँगै ३२ वर्षीय सुआरेजले चाइना कप अन्तर्गत उरूग्वेबाट २२ मार्चमा हुने उज्वेकिस्तानविरुद्धको मैत्रीपूर्ण खेलसमेत गुमाउने भएका छन्।
सुआरेज मार्च ३० मा इस्पान्योलविरुद्धको खेलका बार्सिलोनाबाटउपलब्ध हुने क्लबले जनाएको छ।