सन्दीप लामिछाने आईपीएल खेल्न बुधबार दिल्ली जादै

तस्बिरः दिल्ली क्यापिटल

नेपाली राष्ट्रिय टोलीका लेग स्पिनर सन्दीप लामिछाने १२औं संस्करणको इन्डियन प्रिमियर लिग (आईपीएल) खेल्न बुधबार दिल्ली जाने भएका छन्।

सन्दीपको व्यवस्थापन हेर्दै आएका नेपाली राष्ट्रिय टिमका व्यवस्थापक रमन शिवाकोटीले सन्दीप २० मार्चमा दिल्ली जाने जानकारी गराए।

आगामी मार्च २३ तारिकदेखि सुरू हुने यो सिजनको आईपीएलमा सन्दीपको टिम दिल्ली क्यापिटल्सले मार्च २४मा मुम्बई ईन्डियन्ससँग पहिलो खेल खेल्नेछ।

यसअघिको सिजनमा दिल्लीबाट अन्तिम ३ खेलमा मौका पाउँदा ५ विकेट लिँदै सनसनी मच्चाएका सन्दीप यसपटक भने पहिलो खेलमै प्लेइङ ११ मा पर्ने सम्भावना छ।

सन्दीपको पारिश्रमिक भने दिल्लीले बढाएको छैन। सन्दीपले २० लाख भारतीय रुपैयाँ नै पाउनेछन्।

आईपीएलकै अहिलेसम्मकै असफल टोली दिल्लीले यसपटक आफूलाई उपाधिको प्रमुख दावेदार मानेको छ।

यसअघि ३ पटक प्लेअफमा पुगेको दिल्ली बाँकि ८ पटक समूह चरणबाटै बाहिरिएको थियो।

दिल्लीको पूर्ण टिम :

श्रेयर ऐर(कप्तान), ऋषभ पन्त, अमित मिश्रा, शिखर धवन, पुथ्वी शा, आवेश खान, हर्षल पटेल, राहुल टेवाटिया, जयन्त यादव, सन्दीप लामिछाने, मनजोत कालरा, कोलिन मुनरो, कागिसो रवाडा, ट्रेन्ट बोल्ट, हनुमा विहारी, अक्षर पटेल, ईशान्त शर्मा, अन्कुश वेन्स, नाथसिंह, कोलिन इन्ग्राम, शेरफेन रदरफोर्ड, किमो पल र जलज सक्सेना।

प्रकाशित मिति: : 2019-03-18 00:07:10

प्रतिकृया दिनुहोस्