डर्टमन्ड बराबरीमा रोकिँदा म्युनिखलाई फाइदा

EPA

जर्मन बुन्डेस लिगको शीर्ष स्थानमा रहेको बोरुसिया डर्टमन्ड रेलिगेसनको मारमा रहेको कमजोर टिम नर्नबर्गसँग गोलरहित बराबरीमा रोकिएको छ।

नर्नबर्गको घरेलु मैदानमा सोमबार राति भएको खेलमा डर्टमन्डले लगातार गोल गर्ने अवसर पाए पनि सदुपयोग गर्न नसक्दा बराबरीमा रोकिएको हो।

बराबरी खेलले डर्टमन्डलाई पछ्याई रहेको साविक विजेता बायर्न म्युनिखलाई फाइदा पुगेको छ।

बराबरीसँगै डर्टमन्डले २२ खेलबाट ५१ अंक बनाएको छ। दोस्रो स्थानमा रहेको बायर्न म्युनिखको समान खेलबाट ४८ अंक पुगेको छ। तेस्रो स्थानमा बोरुसिया मोन्चेनग्लाडबाचको ४३ अंक छ। डर्टमन्डलाई रोकेको नर्नबर्ग १३ अंकसहित तालिकाको अन्तिममा छ।

प्रकाशित मिति: : 2019-02-19 23:35:29

प्रतिकृया दिनुहोस्