उपाधि भिडन्तमा रियल म्याड्रिडलाई धक्का, कप्तान रामोसले पाए रातो कार्ड

AGENCY

म्याड्रिड- स्पेनिस ला लिगामा रियल म्याड्रिडलाई उपाधि भिडन्तमा धक्का लागेको छ। रियल म्याड्रिडलाई आइतबार राति भएको खेलमा गिरोनाले २-१ ले हराएको हो।गिरोनाका लागि स्टुआनीले ६५ मिनेटमा पहिलड्ड गोल गरे। रियल म्याड्रिडका कप्तान सर्जियो रामोसले ह्यान्ड गरेपनि प्राप्त पेनाल्टीमा उने गोल गरेका थिए। ७५ मिनेटमा पोर्चुगुइज मान्जानेराले गिरोनाको अग्रता दोब्बर पारे।

त्यसअघि खेलको २५ मिनेटमा कारिमिरोले गोल गरेर रियललाई पहिले अग्रता दिलाएका थिए।

खेलको ९० मिनेटमा रियल म्याड्रिड १० खेलाडीमा सीमित बन्यो। कप्तान रामोस दोस्रो पहेँलो कार्ड पाउँदै मैदान छाड्न बाध्य भएका थिए।

हारसँगै रियलले दोस्रो स्थानमा उक्लने अवसर गुमाएको छ। तेस्रो स्थानमा रहेको रियलको २४ खेलबाट ४५ अंक छ। दोस्रो स्थान एट्लेटिको म्याड्रिडको ४७ अंक छ भने बार्सिलोना ५४ अंक जोडेर शीर्ष स्थानमा छ।

प्रकाशित मिति: : 2019-02-19 23:30:14

प्रतिकृया दिनुहोस्