अर्थमन्त्री खतिवडा आज दिल्ली जाँदै

फाइल तस्बिर

अर्थमन्त्री डा .युवराज खतिवडा बुधबार नयाँ दिल्ली जाने भएका छन् । बिहीबारदेखि सुरु हुने इन्डिया इकोनोमिक समिट–२०१९ (भारत आर्थिक सम्मेलन) मा भाग लिन नेपाल एयरलायन्सबाट आज दिउँसो खतिवडा दिल्ली जाने भएका हुन् ।

नयाँ दिल्लीको सरदार पटेल मार्ग, डिप्लोमेटिक इन्क्लेभस्थित ताज प्यालेसमा हुने दुई दिने सम्मेलनमा साँझको अर्थमन्त्री स्तरीय सत्रमा खतिवडाले भाग लिनेछन्।

बिहीबार सम्मेलनमा सहभागी हुनुअघि नै अर्थमन्त्री खतिवडा र भारतीय वित्तमन्त्री निर्मला सीतारमणबीच द्धिपक्षिय भेटवार्ताको कार्यक्रम तय भएको नयाँ दिल्लीस्थित दूतावास स्रोतले जनाएको छ।

अर्थमन्त्री खतिवडा आइतबार काठमाडौं फर्किने कार्यक्रम रहेको छ।

प्रकाशित मिति: : 2019-10-02 13:52:39

प्रतिकृया दिनुहोस्