विदेशी दुराचारीको ‘गिद्धेदृष्टि’ नेपाली बालबालिकामा

काठमाडौं- अमेरिकी नागरिक जेसन लोल्डी मुड्डीलाई प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो सिआइबीले गत शुक्रबार बाल यौन दुराचार गरेको अवस्थामा पक्राउ गर्‍यो। 

उनलाई एयरपोर्टस्थित मेमोरियल गेष्ट हाउसको कोठा नम्बर १०४ बाट पक्राउ गरिएको थियो। त्यसक्रममा अर्धनग्न अवस्थामा तीन बालिकाको समेत उद्दार गरिएको सिआइबीका एसपी बेलबहादुर पाण्डेले बताएका छन्।

पक्राउ परेका ४० वर्षीय मुड्डी गत अक्टोबरमा नेपाल आएका थिए। उनी नेपाली भाषा सिक्ने भन्दै विश्वभाषा क्याम्पसमा समेत भर्ना भएको अनुसन्धानबाट खुलेको छ।

 उद्दार गरिएका तीनै बालिका अति गरिब परिवारका छन्। उनीहरुलाई आर्थिक सहयोग गर्ने प्रलोभन देखाएर मुड्डीले यौन शोषण गर्दै आएका थिए।
प्रकाशित मिति: : 2019-12-10 08:49:03

प्रतिकृया दिनुहोस्