'अरूको पिटाइ खान त कहाँ मजा हुँदो रहेछ र !'

तेक्वान्दोबाट नेपाललाई स्वर्ण जिताउन सफल काजल श्रेष्ठको व्यस्तता आगामी दिनमा झनै बढ्नेछ। उनलाई अब एसियन गेम, वर्ल्ड च्याम्पियनसिप र ओलम्पिकको तयारी गर्नुछ।

१३ औं दक्षिण एसियाली खेलकुद (साग)मा गत मंगलबार ४६ किलोतर्फ तेक्वान्दोबाट २२ वर्षीया काजलले स्वर्ण भित्र्याएकी हुन्। देशका लागि मात्र होइन, काजलको खेल करिअरमा पनि यो सबभन्दा महत्वपूर्ण पदक हो।

फाइनलमा काजलको खेल निकै रोचक बन्यो। उनको भिडन्त आफूभन्दा निकै अग्ली पाकिस्तानी खेलाडी सयेद जादी सिद्र बातूलसँग भएको थियो। 

'तेक्वान्दोमा विपक्षी खेलाडीको एक इन्च उचाइ पनि निकै महत्व हुन्छ,' शुक्रबारको भेटमा उनले भनिन्, 'बातूल त मभन्दा पाँच इन्च अग्ली थिइन्। उनका खुट्टा पनि लामा। मेरो टाउकोमा सजिलै लाग्ने थियो।'

प्रकाशित मिति: : 2019-12-07 10:12:01

प्रतिकृया दिनुहोस्