‘बिग मर्जर’मा बौद्धिक घोचपेच

फाइल तस्बिर: बिएल

शुक्रबार (२० मंसिर) विहान साढे ८ बजे ग्लोबल आईएमई र जनता बैंकबीच मर्जरपछिको एकीकृत कारोबारको शुभारम्भ कार्यक्रम थियो । पत्रकारलाई साढे ८ बजेकै निम्ता पठाइएको थियो ।

प्रमुख अतिथि अर्थमन्त्री डा. युवराज खतिवडा थिए । कार्यक्रममा नेपाल राष्ट्र बैंकका गभर्नर डा. चिरञ्जीवी नेपाल पनि सहभागी हुने तय थियो । तर, पठाइएको निम्ता कार्डमा गभर्नर आउने उल्लेख थिएन । को–को सहभागी हुँदैछन् भनेर कार्यक्रमको निम्ता पठाइरहनु पनि आवश्यक थिएन होला ।

अधिकांश सहभागी साढे ८ बजे नै ग्लोबल आईएमई बैंकको कर्पाेरेट कार्यालय कमलादी पुगेका थिए । अर्थमन्त्री डा. खतिवडा भने ९ बजेर १८ मिनेट जादा कार्यक्रम हलमा प्रवेश गरे ।

प्रकाशित मिति: : 2019-12-07 09:25:36

प्रतिकृया दिनुहोस्