प्रदेश राजधानीमा वन माफियाको चलखेल, जंगल अतिक्रमण गरेर रातारात टहरा

धनगढी- काठको खम्बामाथि टिनको छाना। एउटा चुलो। बस्नका लागि केही कुर्ची र डेस्क। होटलमा पाइने जे सामान पनि त्यहाँ पाइन्छ। यो दृश्य हो, कैलालीको गोदावरी नगरपालिकामा पर्ने राष्ट्रिय वनको।

पछिल्लो समय राजमार्गको छेउमा पर्ने राष्ट्रिय वनभित्र विभिन्न किसिमका संरचना निर्माणाधीन छन्। विगतमा राष्ट्रिय वननजिक रहेका ठूला डाँडा सम्याएर अतिक्रमण गरि व्यापारिक कारोवार तथा बस्नका लागि आवास बनाउन सुरु गरिएको छ। 

सुदूरपश्चिम प्रदेश सरकारले २०७५ असोज १२ गते तेघरी गोदावरीको जंगलमा राजधानी तोकेपछि वन माफियाहरूले वरपरको सामुदायिक तथा राष्ट्रिय वन क्षेत्रमा अतिक्रमण गर्ने क्रम बढेको हाे। गत असार महिनापछि यो क्षेत्र अतिक्रमणको चपेटामा पर्ने क्रम बढेकाे हाे। हिजोआज राजधानीस्थल तोकिएको तेघरी जंगलनजिकै रहेको हनुमान मन्दिर क्षेत्र, गोदावरी आर्यघाट जाने क्षेत्र, चुनेपानी, समाधीगडा, भ्यागुत्तेपानी, बासपानी, गाईमारा क्षेत्र अतिक्रमणको उच्च चपेटामा परेको छ। यो क्षेत्रमा बाढी पीडित तथा सुकुम्वासीका नाममा जंगल छेउमा बस्दै आएकाहरूले पछिल्लो समय सिमाना मिच्दै जमिन बढाउन थालेका छन्।

प्रकाशित मिति: : 2019-12-04 18:05:10

प्रतिकृया दिनुहोस्