कोही दुख पाएर सडकमा बसेको देखे सरकारलाई खबर गर्नु: प्रधानमन्त्री ओली (भिडियोसहित)

बिएल

प्रधानमन्त्री केपी शर्मा ओलीले प्रधानमन्त्री ओलीले कोही दुख पाएर सडकमा बसेको देखे सरकारलाई खबर गर्न आग्रह गरेका छन् ।

सोमबार ललितपुरको भैंसेपाटीमा मन्त्री निवासको भवन शिलान्यास गर्दै उनले आवास नपाएर बेसाहारा र बेबारिसे अवस्थामा कसैलाई बस्न नदिने बताए ।

‘नेपाललाई भिखमंगा मुक्त देश बनउँछौं, सडक मानव मुक्त बनाउँछौं । दुख पाएर, बेसाहारा भएर सडकमा कोही देखिनुपर्र्दैन’ उनले भने ‘अलपत्र अवस्थामा देखिन्छ भने सरकारलाई त्यस्तो कुराको जानकारी दिनुस् सरकारले त्यसको व्यवस्था गर्छ ।’

सरकारले कल्याणका कामका साथै विकासका कामलाई पनि तिब्रताका साथ अगाडि बढाएको उनले बताए ।

‘हामी वास्तवमै हरेक दिन एक कदम अगाडि बढेका छौं । मोतिहारी पाइपलाइन सुरु गरेर सम्पन्न गरिसकेका छौं, अरु आयोजना पनि सम्पन्न गर्दैछौं’ उनले भने । प्रधानमन्त्री ओलीले मेलम्ची खानेपानी काठमाडौं आउन एक वर्ष नलाग्ने बताए ।

प्रकाशित मिति: : 2019-09-30 13:17:06

प्रतिकृया दिनुहोस्