कर्णाली करिडोरमा पर्ने भिगौडा भीर छिचोलियो

फाइल तस्बिर

 कर्णाली करिडोरअन्तर्गत खार्पुनाथ गाउँपालिकामा पर्ने भिगौडा भीरलाई छिचोल्ने कार्य सम्पन्न भएको छ । भीर छिचोल्नका लागि विस्फोट गर्ने कार्य र मेसिनबाट निर्माण गर्र्नेे कार्य एकसाथ गरिएपछि सो भीर छिचोल्न सकिएको हो ।


उक्त क्षेत्र कर्णाली करिडोरका लागि कडा चट्टानी भू–भाग भएको कारण असजिलो क्षेत्रका रूपमा हेरिएको उक्त भीर अहिले सडकमा परिणत भएको छ । यसअघि सोही भीरमा घोरेटो बाटो हुँदा बटुवाहरू डराई डराई हिँडिरहेको अवस्थामा अहिले भने भीर छिचोलेर सडकमा परिणत भएपछि सबैलाई सहज भएको बटुवा नरजन तामाङले बताउनुभयो । यो विकास निर्माणको नमुना काम पनि भएको उहाँको भनाइ छ । इच्छाशक्ति भएकै कारण पहाडलाई सडकमा परिणत गर्न सम्भव भएको हो ।


निक्कै कडा चट्टान भएका कारण सो क्षेत्रमा सडक निर्माण गर्न कठिन हुने सबैतिर चर्चा भइरहेको अवस्थामा सिमकोट हिल्सा सडक आयोजनाको जिम्मामा रहेको खार्पु सुनखाडा खण्डको सडकमा सो भीर पर्छ । १५० मिटर लम्बाइ रहेको चट्टान फुटाउन तीन महिना लागेको आयोजनामा फिल्ड हेर्ने सब–इन्जिनियर अभिषेक राईले बताउनुभयो ।

प्रकाशित मिति: : 2019-11-25 11:06:57

प्रतिकृया दिनुहोस्