गुटले गाँजेको राजनीति

Photo Credit :Annapurnapost.com

मुलुकका अधिकांश ठूला राजनीतिक दल आन्तरिक विवादबाट गुज्रिँदै आएका छन्। सत्ता समीकरणको अभ्यासमा रहेका ती दल यो मामिलाबाट अझ प्रभावित र निर्देशित छन्। यसले देशको समग्र विकासमा असर परेको छ। आन्तरिक कलहको परिणाम पार्टीले ‘रफ्तार’ लिन नसकेको आम बुझाइ छ।

पार्टी गतिशील नहुँदा त्यसले हाँकेको सरकार प्रभावकारी हुन सक्दैन। सरकार चलायमान हुन नसक्नुको परिणाम विकासमा देखिन्छ। नेपाली राजनीतिमा पार्टीहरूबीच बढेको आन्तरिक कलह विकासको बाधक हो। विवादले सत्ता पक्षको मात्रै होइन, प्रतिपक्षीको भूमिका पनि कमजोर बनाउँछ। यस्तो अवस्थामा देशले विकासमा फट्को मार्न सक्दैन।

 

प्रकाशित मिति: : 2019-11-24 15:45:51

प्रतिकृया दिनुहोस्