प्रधानमन्त्रीका सल्लाहकारः साथमा भगवान त गधा पहलवान !

तस्बिर : बाह्रखरी

प्रधानमन्त्रीको सल्लाहकार भन्ने पद रमाइलो हुन्छ । बालुवाटारको पर्खालबाहिर सल्लाहकारको प्रतिष्ठा प्रधानमन्त्रीको भन्दा थोरै मात्र कम हो कि झैँ हुन्छ । अझ प्रधानमन्त्रीलाई नै सल्लाह दिने भनेपछि प्रधानमन्त्रीभन्दा बुद्धिमान र विद्वान् भन्ने पनि सोचिन्छ ।

प्रधानमन्त्रीले भाग लिने बाहिरी कार्यक्रममा सबैतिर बिनारोकटोक घुम्ने र सकभर अगाडिको पंक्तिमा बस्ने, झन्डावाल कार केडमा प्राडो र पजेरोमा हुइँकिने यस्ता सल्लाहकारको नजिक पुग्न पाउँदा पनि धेरै कर्मचारी र कार्यकर्ता आफूलाई भाग्यशाली सम्झन्छन् । 

प्रकाशित मिति: : 2019-11-24 15:35:48

प्रतिकृया दिनुहोस्