८३ वर्षीय 'पुतली बाजे' भए मानार्थ नेपाली

कोलिन स्मिथ 'पुतली बाजे'। तस्बिरः रोशन सिग्देल

पोखरा विन्दवासिनी मन्दिर आडैमा केटाकेटीका माझमा थिए उनी। काँधमा सेतो फित्ते झोला बोकेका। उनीसँग केटाकेटीले केही मागिरहेका थिए। झोलामा हात हाले र एक मुठो पोस्टकार्ड निकाले। केटाकेटीले हानथाप गर्दै समाते। उनले सबैका हातमा एक-एकवटा थमाइदिए। 

केटाकेटीलाई दिइसकेपछि नजिकै भएका अरूलाई पनि पोस्टकार्ड थमाए। मेरो हातमा पनि एउटा आइपुग्यो। उनले बाँडेका सबै पोस्टकार्ड पुतलीका थिए। पोस्टकार्डको कुनामा लेखिएको थियो, कोलिन स्मिथ। केटाकेटी भने उनलाई 'पुतली बाजे' भनेर बोलाउँदै थिए।

प्रकाशित मिति: : 2019-11-24 08:58:42

प्रतिकृया दिनुहोस्