अब आँसु नबेचौं न प्लिज !

तस्बिर :बाह्रखरी

गाउँमा एउटा मात्रै रेडियो थियो, नेसनल पानासोनिक ब्रान्डको । त्यो रेडियो थियो, उमेशको घरमा । गाउँभरिका मानिस रेडियो सुन्न उनको घर आउँथे ।

विहान धार्मिक कार्यक्रम सुरु हुनुअघिबाट बजाउन सुरु गरेको रेडियो राति ८ बजे बन्द हुन्थ्यो । कारण ८ बजे अङ्ग्रेजीमा समाचार आउँथ्यो । त्यो कसैले बुझ्दैनथ्यो । १५ मिनेट बन्द भएर पुनः रेडियो घन्किन्थ्यो । घरको थाममा ठोकेको काँटीमा खोल सिएर त्यसमा झुण्ड्याइएको रेडियो घन्किरहन्थ्यो । उमेश चाख दिएर सुन्थे । 

प्रकाशित मिति: : 2019-11-23 13:37:58

प्रतिकृया दिनुहोस्