घनश्यामलाई ‘जबरजस्ती’ मन्त्रीको जिम्मा !

Photo Credit :Onlinekhabar.com

नेकपा नेता घनश्याम भुसाल न्युज फेस्टिवलमा भाग लिन चार दिनअघि लुम्बिनी पुगेका थिए । मंगलबार राति उनी रुपन्देही जिल्लास्थित आफ्नै घरमा बास बसेका थिए । काठमाडौं बाहिरै रहेका बेला भुसाललाई प्रधानमन्त्रीका प्रमुख सल्लाहकार विष्णु रिमालले तीन/चारपटक फोन गरे ।

भुसालले मोबाइलको घण्टी बजेको सुनेनन् । रिमालको फोन ‘मिस्ड’ भयो । तारन्तार फोन गर्दा पनि नउठेपछि ‘प्रधानमन्त्रीज्यूले कुरा गर्न चाहनुभएको छ, जसरी पनि सम्पर्कमा आउनुपर्‍यो’ भन्ने सन्देससहितको म्यासेज भुसालको मोबाइलमा झर्‍यो ।

भुसालले मन्त्री बन्नुभन्दा अगाडि नै सरकार सञ्चालनको कार्यशैली र मन्त्रीले पाउने अधिकारबारे छलफल गर्न चाहेका थिए ।प्रधानमन्त्रीबाट अनावश्यक हस्तक्षेप हुन्छ कि हुँदैन भन्ने स्पष्ट हुन खोजेका थिए तर, प्रधानमन्त्री केपी शर्मा ओली त्यो मौका नदिई मन्त्री बनाएका छन् अन्ततः प्रधानमन्त्री केपी शर्मा ओली र सांसद भुसालवीच फोन सम्वादको साइत जुर्‍यो ।

जवाफमा भुसालले सरकार र पार्टीको सञ्चालन कार्यविभाजनका आधारमा गरिनुपर्छ भन्ने आफूले पहिल्यैदेखि बताउँदै आएको हुनाले सचिवालयको निर्णय सकारात्मक नै लागेको बताए ।पार्टी सचिवालयले गरेको दुई अध्यक्षको कार्यविभाजन निर्णयबारे तपाईको प्रतिक्रिया के छ भनेर प्रधानमन्त्री ओलीले सोधे ।

प्रकाशित मिति: : 2019-11-22 06:56:59

प्रतिकृया दिनुहोस्