लोक तथा दोहोरी गीत प्रतिष्ठानका अध्यक्ष बद्री पंगेनी भन्छन्- पंगेनीले घर बनायो भन्ने विषय धेरै नउचालौं

तस्बिरः नेपाल लाइभ

राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपालका अध्यक्ष लोकगायक बद्री पंगेनीको तीन वर्षे कार्यकाल अर्को साताबाट सकिँदैछ। मंसिर ६, ७ र ८ गते पोखरामा हुने सातौँ महाधिवेशनसँगै उनी अध्यक्ष पदबाट विदा हुने तर्खरमा छन्। समग्रमा उनको तीन वर्षे कार्यकाल कस्तो रह्यो त? पछिल्लो समय फोहोरी हुँदै गइरहेको नेपालको लोकदोहोरी क्षेत्रलाई उनले कति जोगाउन सके? नेपाल लाइभका लागि अनिल यादवले उनीसँग गरेको छोटो कुराकानीः 

तीन वर्षे कार्यकाललाई फर्केर हेर्दा के गर्न सकियो, के गर्न सकिएन भन्ने लागिराछ?
मैले जे सोचेको थिएँ, जे परिकल्पना गरेको थिएँ, त्यो केही पनि गर्न सकिएन भन्ने लागिरा’छ। 

जस्तो?
मैले लोकदोहोरी क्षेत्रमा देखिएका विकृति र विसंगतिलाई पूर्ण रुपमा नियन्त्रण गर्छु, गीत–संगीतको सेन्सर बोर्ड स्थापना गर्न सरकारलाई दबाब दिएर लागू गराउँछु भन्ने सोचेको थिएँ। लोकदोहोरी संगीतलाई अझै मर्यादित र व्यवसायिक बनाउँछु भन्ने थियो। कलाकारलाई परेको जस्तोसुकै अप्ठेरोमा पनि सहयोग गर्न सक्ने हैसियतमा संस्थालाई पुर्‍याउँछौं भन्ने लागेको थियो तर नसकिँदो रहेछ। 

प्रकाशित मिति: : 2019-11-20 15:37:33

प्रतिकृया दिनुहोस्