ज्ञानेन्द्र शाही माथिको आक्रमणको निष्पक्ष छानबिन गरी दोषीलाई कारबाही गर्न साझा पार्टीको माग

फाइल तस्बिर

चितवनमा भएको ज्ञानेन्द्र शाही माथिको आक्रमणको निष्पक्ष छानबिन गरी दोषीलाई कारबाही गर्न साझा पार्टीले माग गरेको छ। पार्टीले सत्ताधारी दलका कार्यकर्ताको शक्तिको दम्भ सहितको गैर कानुनि र उदण्ड व्यवहारलाई सरकारले बेलैमा नियन्त्रण गर्न समेत सरकारलाई सचेत गराएको छ।

साझा पार्टीले जारी विज्ञप्ती जारी गर्दै कुनै पनि नागरिकले संविधान प्रदत्त हक प्रयोग गर्न पाउनु उसको नैसर्गिक अधिकार हो। सार्वजनिक रुपमा आफ्ना दृष्टिकोणहरू राख्न चितवन पुगेका ज्ञानेन्द्र शाहीमाथि उनको संवैधानिक अधिकारमाथि नै धावा बोल्ने र डरधम्की देखाउने उद्देश्यकासाथ निर्घात कुटपिट गर्नुलाई पार्टीले अत्यन्तै निन्दनीय कार्यको संज्ञा दिएको छ।

'नागरिक स्वतन्त्रता र सुरक्षा सरकारको प्राथमिक दायित्व हो। कसैको गतिविधि गैरकानुनी छ भने राज्यका निकायले विधिसम्मत तवरले कारबाही गरिनु पर्दछु, पार्टीले भनेको छ, फरक विचार कै कारणले सत्ताको आडमा गरिएको निषेधात्मक उर्दी लोकतन्त्रविरूद्धको कार्य हो।' विज्ञप्तीमा भनिएको छ।

प्रकाशित मिति: : 2019-09-29 11:37:07

प्रतिकृया दिनुहोस्