अस्ट्रेलियामा नेपाली जोड्ने सेतु बन्दै फुटबल

तस्बिरः नेपाल न्यूज

जन्मभूमि छाडेर सहज जीवनयापनका लागि अस्ट्रेलिया पुग्‍नेलाई सप्ताहन्त परिवार, आफन्त र साथीभाइसँग रमाइलो गर्ने दिन हो। ‘पाँच दिन दिन–रातको मेहनत अनि दुई दिन मस्तको आराम’ यहाँ रहेका नेपालीको चलन।

तर, गोर्खा नेप्लिज कम्युनिटी (जिएनसी) को नेतृत्वमा रहनेलाई भने सप्ताहन्तमा यस्तो छुट छैन। पाँच दिन काम गर्ने नेपालीहरू बाँकी दुई दिन अस्ट्रेलिया बसोबास गर्ने आफ्नै समुदायलाई एकजुट पार्ने काममा तल्लिन हुन्छन्।

फुटबलका माध्यमबाट नेपालबीच भाइचारा र एकता जुटाउँदै नेपालीपन विस्तारमा उनीहरू लाग्न थालेको दुई दशक नाघिसकेको छ। पाँच दिने कामको ‘रुटिन’ बाट थकित नेपालीहरू शनि र आइतबार पनि आराम गर्दैनन्।

प्रकाशित मिति: : 2019-11-20 07:15:20

प्रतिकृया दिनुहोस्