६ प्रतिशत बढ्यो बैंकहरूको नाफा, राजस्व संकलनमा सरकारलाई गम्भीर धक्का लाग्ने संकेत

तस्बिरः नेपाललाइभ

काठमाडौं- वाणिज्य बैंकहरुको चालु आर्थिक वर्षको पहिलो ३ महिनामा अपेक्षाकृत नाफा नबढ्दा त्यसको असर मुलुकको सञ्चित कोषमै पर्ने भएको छ। मुलुकको राजस्व संरचनामा महत्वपूर्ण योगदान गर्ने बैंक तथा वित्तीय क्षेत्रको विस्तार सुस्त हुँदा त्यसको असर सरकारले नै भोग्ने देखिएको हो।  

२८ वटै वाणिज्य बैंकहरुले प्रकाशित गरेको पहिलो त्रैमासिक वित्तीय विवरणअनुसार उनीहरुको नाफा औषतमा ६.२५ प्रतिशतले बढेको छ। गत आर्थिक वर्षको पहिलो त्रैमासमा १५ अर्ब २२ करोड रुपैयाँ नाफा गरेका बैंकहरुले यो वर्ष १६ अर्ब १७ करोड नाफा भएको वासलात सार्वजनिक गरेका छन्। 

प्रकाशित मिति: : 2019-11-18 08:02:12

प्रतिकृया दिनुहोस्