काँग्रेसको छाया सरकार आफै छायामा : एउटै बैठक नबसी बित्यो ६ महिना

काठमाडौँ । प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेसद्वारा गठित छाया सरकारको काम कारबाहीबारे समीक्षा हुने भएको छ । हरेक मन्त्रालयका गतिविधिको निगरानी गर्ने र सरकारलाई खबरदारी गर्ने भन्दै गठन भएको छाया सरकार आफै प्रभावकारी हुन नसकेको भन्दै पार्टीभित्रै प्रश्न उठ्न थालेको छ । संसदीय दलको विधानको धारा ९ को उपधारा ५ (क) अनुसार छाया सरकारको रुपमा काम गर्न मन्त्रालयस्तरीय समन्वय समिति बनाइएको थियो ।

काँग्रेसले आफ्नो संसदीय दलको विधान संशोधन गर्दै सरकारको कामलाई निगरानी गर्ने गरी छाया सरकार बनाउने व्यवस्था राखेको थियो । संघीय संसद अन्तरगत प्रतिनिधिसभामा ६३ र राष्ट्रिय सभामा १३ जना गरी काँग्रेसका ७६ जना सदस्य छन् ।

सोही अनुसार  सरकारका हरेक मन्त्रालयको निगरानी राख्ने र गलत भए सजग गराउने ध्येका साथ काँग्रेसले आफ्ना ५८ जना सांसदलाई मन्त्रालयगत जिम्मेवारी तोकेर गत जेठ ६ गते छाया सरकार गठन गरेको थियो ।

प्रकाशित मिति: : 2019-11-14 12:32:36

प्रतिकृया दिनुहोस्