प्रदेशकै ठूलो अस्पतालमा पाइँदैन औषधि, रातभर भौतारिन्छन् बिरामीका आफन्त

बुटवल – बुटवलस्थित लुम्बिनी प्रादेशिक अस्पतालको फार्मेसी (औषधि पसलमा) औषधि नपाउँदा उपचारका लागि आउने बिरामी सास्ती व्यहोर्न बाध्य भएका छन् ।

अस्पतालले आफ्नै फार्मेसी सञ्चालन गरेपनि चिकित्सकले सिफारिस गरेजति अत्यावश्यक औषधि फार्मेसीमा पाइँदैन । चिकित्सकले लेख्ने गरेका औषधि अस्पतालको फार्मेसीमा छैन भन्ने जवाफ दिने गरिएको छ । 

बिरामीलाई सस्तो र सहज सुविधा दिन निजी फार्मेसी हटाएर सञ्चालनमा आएको अस्पतालको आफ्नै फार्मेसीले बिरामीलाई राहत दिनुको सट्टा सास्ती दिएको हो ।

औषधि उपलब्ध गराउन अस्पताल प्रशासन र प्रदेश सरकारले कुनै चासो दिएका छैनन् । पश्चिम क्षेत्रकै पुरानो (१०९ वर्ष) अस्पतालको सेवा प्रभावकारी नहुँदा उपचारका आउने बिरामीले औषधि खोज्न विभिन्न निजी फार्मेसी/क्लिनिकहरू चहार्नुपर्ने बाध्यता सिर्जना भएको छ । अझै रातिको समयमा अस्पतालको आसपास रहेका निजी क्लिनिक र फार्मेसी समेत बन्द हुँदा बिरामीहरू औषधि पाउनबाटै वञ्चित हुनुपर्ने अवस्था छ । औषधि राखिनुपर्ने फार्मेसीका र्‍याकहरू खाली देखिन्छन् । 

प्रकाशित मिति: : 2019-11-12 10:36:47

प्रतिकृया दिनुहोस्