विकासले पक्रन नसकेको लय

नेपालले विकासको लय समात्न अझै सकेको छैन। राजनीतिक नेतृत्व र प्रशासन अल्मलिँदा वा आफ्नो स्वार्थ हेर्दा लय पक्रने ढंग पुगेको छैन। हामी निकै पछाडि छौं भनेर निरुत्साहित भइहाल्नुपर्ने अवस्था भने छैन। हुन त एक दशक लामो सशस्त्र द्वन्द्वको असर नेपालको अर्थतन्त्रमा अझै देखिन्छ। द्वन्द्व समाधान भएर राजतन्त्रको अन्त्यका साथै संघीय गणतन्त्रमा मुलुक प्रवेश भइसकेको छ। त्यसलाई संस्थागत गर्दै अघि बढ्ने क्रममा स्थायित्वका लागि विकास नै महत्त्वपूर्ण पाटो हो। मुलुकमा संविधान जारी भएपछि विकासको गति उच्च हुने अपेक्षा गरिएको थियो। खै त विकासका आधार तयार भएको ? हामी किन विकासमा अग्रसर हुन सकेनौं ? मलाई सधैं घोचिरहन्छ। राष्ट्रसंघमा रहेर विभिन्न १० मुलुकमा विकाससम्बन्धी काम गरें। ती मुलुकका विकासको ढाँचा हेरें। विकासमा जोड दिन सुझाएँ र राष्ट्रसंघको तर्फबाट सहकार्य गरें। उनीहरू अघि बढिसके तर आफ्नो मुलुक उस्तै छ।

प्रकाशित मिति: : 2019-11-11 16:12:46

प्रतिकृया दिनुहोस्