‘बीचमै टुट्यो नर्स बन्ने सपना, न्याय खोज्दै भौँतारिनुपरेको छ’

काठमाडौं । अछामकी गीता ढुंगाना नर्स बन्ने सपना बोकेर काठमाडौं आएकी थिइन् । सपना पूरा नहुँदै बीचमै चक्रवर्ती हबी नर्सिङ् कलेजले त्यो सपना पूरा हुन दिएन । “घरको आर्थिक अवस्था कमजोर भए पनि आमा बुबाले म नर्स बनेको सपना देख्नुभएको थियो । तर मेरो बुबा र मेरो सपना कलेजले बीच बाटोमा नै तुहाइदियो,” उनले भनिन्  ।

“चक्रवर्ती हबी नर्सिङ् कलेजमा तीसजनाको कोटा खाली रहेको विज्ञापन देखेँ, इन्ट्रान्स दिएँ । मेरो नाम निस्कियो । निकै खुसी हुँदै आमाबुबालाई सुनाएको थिएँ । तर त्यो खुसी करिब दुईवर्षमा पुग्न नपाउँदै आँसुमा रुपान्तरण भयो । आमाबुबाले भन्नुहुन्थ्यो जेठी छोरी नर्स बन्छे, अरु चारजना भाईबहिनीलाई पढाउँछे भन्दै बैंकबाट ऋण गरेर पैसा पठाइदिनुहुन्थ्यो, तर कलेजले छिनभरमै सपना तुहाइदियो,” उनले निकै भावुक हुँदै भनिन्, “हाम्रो भोक निद्रा र सपना सबै लुट्यो कलेजले । यतिबेला कक्षा र पढाइ छोडेर कहिले अदालत, कहिले प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद् (सीटीईभीटी) त कहिले मिडियामा न्यायका लागि धाउनु परेको छ ।”

प्रकाशित मिति: : 2019-11-11 10:02:47

प्रतिकृया दिनुहोस्