खुर्पा हानेर दम्पतीको हत्या : कुकुरको पदचाप पछ्याउँदै प्रहरीले नियन्त्रणमा लियो ५ जना

काठमाडौं : काभ्रेको नमोबुद्ध ८ स्थित तल्लो हटियामा मृत अवस्थामा फेला परेका दम्पतीको हत्या अभियोगमा प्रहरीले पाँच जनालाई नियन्त्रणमा लिएको छ।

मंगलवार बिहान प्रहरीले घरभित्र श्याकृष्ण श्रेष्ठ र उनकी श्रीमती रुकमायालाई मृत अवस्थामा फेला पारेको थियो। घटनाको प्रकृति हेर्दा दुवै जनाको खुर्पा प्रयोग गरी हत्या भएको देखिएको छ।

'हामीले बिहान जानकारी पाएपछि घटनास्थल पुगेर हेर्दा खुर्पा प्रयोग गरेर हत्या गरेको प्रारम्भीक रुपमा देखिन आएको छ,' जिल्ला प्रहरी कार्यालय काभ्रेका एसपी जयराम सापकोटाले भने।

श्रेष्ठ दम्पतीले घरमै चिया पसल संचालन गर्दै आएका थिए। उनीहरुले पसलमा मदिरा समेत बिक्री गर्ने गरेका थिए। घटनास्थलमा प्रहरीले बियरको बोतल, ढोकाको आग्लो लगायतका सामाग्री बरामद गरेको छ। घटना भइसकेपछि प्रहरीले अनुसन्धानको लागि तालिम प्राप्त कुकुर समेत प्रयोग गरेको थियो।

प्रकाशित मिति: : 2019-11-06 17:59:19

प्रतिकृया दिनुहोस्