सातवटा सुरुङमार्ग बनाउँदै सरकार : यसै वर्ष डीपीआर तयार गरी काम अगाडि बढाउने तयारी

काठमाडौं । सरकारले देशका विभिन्न सात स्थानमा सुरुङमार्ग निर्माण गर्ने तयारीमा जुटेको छ । यसका लागि चालू आर्थिक वर्षभित्र विस्तृत परियोजना प्रतिवेदन (डीपीआर)को काम सकिने र त्यसलगत्तै ती स्थानमा सुरुङमार्ग बनाउने तयारीमा सरकार रहेको छ ।

सरकारले चित्लाङ, टोखा–छहरे, लामाबगर, सिद्धबाबा, खुर्कोटलगायतका सात स्थानमा सुरुङमार्गको डीपीआर बनाउने काम गरिरहेको छ । भौतिक पूर्वाधार तथा यातायातमन्त्री रघुवीर महासेठका अनुसार हाल डीपीआरका लागि अध्ययनको काम भइरहेको छ । सरकारले हालै मात्र नागढुंगा–सिस्नेखाला २.६८ किलोमिटर सुरुङमार्गको शिलान्यास गरेको थियो । प्रधानमन्त्री केपी शर्मा ओलीले शिलान्यास गरेको सुरुङमार्ग ४२ महिनाभित्र बनिसक्नेछ । अहिले नागढुंगादेखि सिस्नेखोलासम्म साढे ८ किमि छ ।

प्रकाशित मिति: : 2019-11-04 07:58:15

प्रतिकृया दिनुहोस्