कानुन परिमार्जन गरेरै भएपनि द्वन्द्व पीडितलाई न्याय दिनुपर्छ: सभापति देउवा

फाइल तस्बिर

नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले स्थायी शान्तिलाई प्राथमिकतामा राखेर द्वन्द्व पीडितलाई न्याय लिनुपर्ने बताएका छन् ।

मानवअधिकार आयोगले आयोजना गरेको छलफल कार्यक्रममा देउवाले कानून संशोधन गर्न र द्वन्द्वकालीन मुद्दाहरु टुंग्याउन अब ढिला गर्न नहुने बताए । उनले भने, मेलमिलापबाट समाधान गर्नुपर्छ । यसका लागि कानुन परिमार्जन गर्नु पर्ने अवस्था आयो भने गर्नुपर्छ ।’

एकथरीको मात्र कुरा सुनेर नहुने भन्दै द्वन्द्व पीडितको कुरा सुन्न आवश्यक रहेको बताए । उनले भने, ‘माओवादी शान्ति प्रक्रियामा आएको बिर्सिएर हुँदैन ।’

प्रकाशित मिति: : 2019-09-26 16:20:37

प्रतिकृया दिनुहोस्