नेकपा सरकारको प्रमुख उपलब्धि भनेकै भ्रष्टाचारलाई संस्थागत गर्ने हो: नेता महत

बिएल

नेपाली कांग्रेसका सहमहामन्त्री प्रकाशशरण महतले नेकपा सरकार भ्रष्टाचारको खाडलमा फसेको आरोप लगाएका छन् ।

आज (बुधबार) दैलेखको राकममा कांग्रेसका नेताकार्यकर्ताहरुसँग भेटघाट गर्दै नेता सहमहामन्त्री महतले उक्त आरोप लगाएका हुन। उनले नेकपा सरकारको प्रमुख उपलब्धि भनेको भ्रष्टाचारलाई संस्थागत गर्ने रहेको समेत जिकिर गरे ।

सहमहामन्त्री महतले दैलेखको राकममा शिक्षण अस्पताल बनाउन सरकार सँग माग गरेका छन्। उनले सुदूरपश्चिम् र कर्णालीलाई सहज रुपमा स्वास्थ्य सेवा दिन दैलेखको राकममा शिक्षण अस्पताल स्थापना गर्नुपर्ने बताएका हुन्।

सहमहामन्त्री महतले सुदूर र कर्णालीका मेडिकल पढ्ने इच्छा भएका विद्यार्थीहरुका लागि पनि शिक्षण अस्पताल जरुरी रहेको बताए। कर्णाली र सुदूरका जिल्लाका जनताले सिटामोल सम्म खान नपाएर तड्पी रहेको बेला सरकार मुकदसक बनेको पनि सहमहामन्त्री महतले आरोप लगाए।

उनले मध्य पहाडी लोकमार्गको एउटा प्रमुख शहरका रुपमा राकम बजारलाई बिकाश गर्ने पनि प्रतिबद्धता ब्यक्त गरे। सोही भेटघाट कार्यक्रममा नेपाल विद्यार्थी संघका पुर्व उपाध्यक्ष ऋषिकेश जंग शाहले सरकारले कर्णाली र सुदुरपश्चिमलाई अर्कै देशको नागरिक जस्तो व्यबहार गरेको आरोप लगाए।

शाहले कर्णाली र सुदूरपश्चिम बासी यहि देशका नागरिक भएको भन्दै सरकारले कर्णाली र सुदुरपश्चिममा बिकाश निर्माणका कार्य गर्न किन हिचकिचाएको भनेर प्रश्न पनि गरे।

प्रकाशित मिति: : 2019-09-25 14:03:47

प्रतिकृया दिनुहोस्