चिनियाँ कम्युनिस्ट नेता बेइजिङ फर्किए,आपसी सम्बन्धलाई सुदृढ बनाउने आधार मिलेको नेकपाको भनाइ

बिएल

चीनको सत्तारुढ कम्युनिस्ट पार्टीका विदेश विभाग प्रमुख सोङ ताव नेतृत्वको टोली बुधवार बेइजिङ फर्किएको छ ।

तावलाई बुधवार विहान त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा नेकपा स्कूल विभागका उपप्रमुख बेदुराम भुसाल र विदेश विभागका उपप्रमुख विष्णु रिजालले बिदाइ गरेका हुन् । सो अवसरमा नेपालका लागि चिनियाँ राजदूत होउ याङ्छी पनि उपस्थित थिइन् ।

चिनियाँ राष्ट्रपति सी जिनपिङ्गको नेपाल भ्रमणको अपेक्षा र तयारी चलिरहको सन्दर्भमा काठमाडौंमा आयोजित दुई दिने प्रशिक्षण तथा नेकपासँगको समझदारीपत्रमा हस्ताक्षरपछि उनिहरु स्वदेश फिर्ता भएका हुन् ।

नेकपा प्रचार विभागका उपप्रमुख सूर्य थापाले विज्ञप्ति जारी गरी दुई पार्टीबीच भएको विचारको छलफल तथा अन्तरक्रियाले कम्युनिस्ट पार्टी सन्चालन तथा अनुशासनका विषयमा महत्वपूर्ण शिक्षासमेत नेकपा पंक्तिले पाएको बताएका छन् ।


‘यस ढंगले दुई देशका पार्टीहरुको तहमा संयुक्त रुपमा काठमाडौंमा आयोजित यो पहिलो कार्यक्रम हो । यसको सफल आयोजनाले दुवै पार्टीलाई उत्साहित बनाएको छ र आपसी सम्बन्धलाई अझ सुदृढ बनाउन आधार प्रदान गरेको छ । यस विचारधारात्मक छलफल प्रक्रियालाई भविष्यमा पनि विभिन्न रुपमा निरन्तरता दिन कोसिस गरिनेछ',थापाको विज्ञप्तिमा भनिएको छ ।

प्रकाशित मिति: : 2019-09-25 11:36:39

प्रतिकृया दिनुहोस्