नेकपा र चिनियाँ कम्युनिस्ट पार्टीबीचको ६ बुँदे समझदारीमा केके छन्? (भिडियोसहित)

बिएल

नेपाल कम्युनिस्ट नेकपा र चिनियाँ कम्युनिस्ट पार्टी (सीपीसी) बीच ६ बुँदे समझदारीमा हस्ताक्षर भएको छ ।

मंगलबार काठमाडौंमा आयोजित कार्यक्रममा दुई पार्टीबीच भाइचारा सम्बन्ध स्थापना गर्नेसम्बन्धी द्विपक्षीय समझदारीपत्रमा हस्ताक्षर भएको हो ।

सत्तारुढ दल नेकपाका अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओली र अर्का अध्यक्ष पुष्पकमल दाहालको उपस्थितिमा नेकपाका विदेश विभाग प्रमुख माधवकुमार नेपाल र नेपाल भ्रमणमा रहेका चिनियाँ अन्तर्राष्ट्रिय विभाग प्रमुख सोङ ताओले सम्बन्ध स्थापनासम्बन्धी समझदारीपत्रमा हस्ताक्षर गरेका हुन् ।

नेकपा विदेश विभाग उपप्रमुख विष्णु रिजालका अनुसार एकअर्का देशका विकासका मोडलहरुलाई आदान प्रदान गर्ने लगायतका विषय समझदारी पत्रमा समावेश गरिएको छ ।


सम्झौतामा आगामी पाँच वर्ष उच्चस्तरीय सहकार्य गर्ने उल्लेख गरिएको छ । त्यस्तै उच्चस्तरका राजनैतिक भ्रमणहरु गर्ने तथा वैचारिक राजनीतिक छलफललाई तीब्र बनाउने समझदारीमा उल्लेख छ ।

यस्ता छन् समझदारीका ६ बुँदा 

  • १.उच्चस्तरीय भ्रमण
    २. कार्यकर्ता तहको अध्ययन भ्रमण वृद्धि
    ३. पार्टी पार्टी अनुभव आधारित सहयोग आदान प्रदान
    ४. युवा र स्थानीय नेताहरूबीच भ्रमण आदान प्रदान
    ५. जनस्तरको सम्बन्ध (बुद्धिजीवी, नागरिक संस्था, मिडिया) अभिवृद्धि
    ६. विचार सिद्धान्तमा आधारित वार्षिक कार्यक्रम सञ्चालन

प्रकाशित मिति: : 2019-09-24 14:47:00

प्रतिकृया दिनुहोस्