बर्जर पेन्ट्समा घातक रसायन

तस्बिरः अन्नपूर्ण

काठमाडौं : नेपालीको चाडपर्व सुरु भएको छ। चाडपर्वसँगै घर रङरोगन गर्ने होडबाजी चल्छ। यसका लागि विभिन्न किसिमका रङको प्रयोग गरिन्छ। तर, सचेत रहनुहोस्– यस्ता रङ पनि छन्, जुन मानव स्वास्थ्यका लागि घातक छन्। बहुराष्ट्रिय कम्पनी बर्जर पेन्ट्समा मानिसलाई नपुंसक बनाउनेसम्मका घातक रसायनको प्रयोग भइरहेको अध्ययनले देखाएको छ। रङलाई आकर्षक र चम्किने बनाउने नाममा लिड, मर्करी, कपर, जिंक जस्ता ह्याभी मेटल (गह्रौं धातु) प्रयोग गर्ने गरिएको छ। नेपालमा लिडको मापदण्ड त छ, बाँकी रसायनको छैन। लिडका हकमा पनि मापदण्ड पालना भएको छैन।

२०७१ पुस ७ गते सरकारले राजपत्रमा सूचना प्रकाशन गरी रङमा लिडसम्बन्धी बाध्यकारी मापदण्ड बनाएको थियो। त्यसका तीन मापदण्ड छन्– १. लिडको मात्रा ९० पीपीएमभन्दा कम हुनुपर्ने, २. हरेक बट्टामा लिडको मात्रा स्पष्ट खुलाएर लेख्नुपर्ने र ३. व्यवसायजन्य सुरक्षासम्बन्धी सावधानीमूलक सन्देश बट्टामा उल्लेख गर्नुपर्ने। यो मापदण्ड सूचना प्रकाशन भएको मितिले १८१औं दिन अर्थात् २०७२ असार ५ देखि पूर्ण कार्यान्वयनमा आएको छ।

प्रकाशित मिति: : 2019-10-01 07:19:47

प्रतिकृया दिनुहोस्