ग्रान्डीले लापरबाही गरेको प्रमाणित न्यौपाने दम्पतीलाई तीन महिनापछि न्याय

तस्बिरः नेपाल समाचार पत्र

काठमाडौं।ग्रान्डी अन्तर्राष्ट्रिय अस्पतालले सञ्जीवचन्द्र न्यौपाने र एकता घिमिरेको नवजात शिशु (छोरा) को उपचारमा चरम लापरबाही गरी कल्पनै गर्न नसकिने पीडा दिएको कुरा तीन महिनापछि प्रमाणित भएको छ। सो सम्बन्धमा अनुसन्धान गर्न नेपाल मेडिकल काउन्सिलको ०७६ असार ७ गतेको पूर्ण बैठकद्वारा प्राडा गणेश राईको नेतृत्वमा गठित विज्ञ टोलीले हालै बुझाएको प्रतिवेदनमा उक्त शिशुको उपचारमा चिकित्सकको टिमबाट धेरै कमी–कमजोरी भएको देखाएको हो।

जबकि नेपाल समाचारपत्र दैनिकले तीन महिनाअघि नै उक्त शिशुको उपचारमा अस्पतालले चरम लापरबाही गरेको समाचार प्रकाशित गरेको थियो।

उक्त प्रतिवेदनमा उपचारका क्रममा शिशुलाई एकैपटक अत्यधिक मात्रामा पारासिटामोल दिइएको, मस्तिष्कको भर्टिकल र सीवाईएसटीको आकार–प्रकारबारे रेडियोलोजिस्ट र उपचाररत न्युरो सर्जन चिकित्सकका बीच बुझाइको अत्यन्तै अभाव देखिएको र बिरामी पक्षलाई पर्याप्त र यथार्थ जानकारी नदिइएको उल्लेख छ।

 

प्रकाशित मिति: : 2019-10-01 07:04:04

प्रतिकृया दिनुहोस्