एक महिनाभित्र तीन उच्चस्तरीय भ्रमण : सी आउँदै, भण्डारी र ओली जाँदै

तस्बिरः नेपालन्यूज

अबको एक महिनाभित्र तीन उच्चस्तरीय भ्रमण आदानप्रदान हुने भएको छ। यो अवधिमा चिनियाँ राष्ट्रपति सी जिनपिङ नेपाल आउँदै छन् भने राष्ट्रपति विद्यादेवी भण्डारीले जापान भ्रमण गर्दैछिन् । यही समयमा प्रधानमन्त्री केपी शर्मा ओलीले पनि अजरबैजानको भ्रमण गर्ने कार्यक्रम तय भइसकेको छ।

तीनमध्ये सबैभन्दा पहिला चिनियाँ राष्ट्रपति सीको नेपाल भ्रमण हुनेछ। २३ वर्षपछि चिनियाँ राष्ट्रपतिले गर्न लागेको नेपालको राजकीय भ्रमणको तयारी अहिले सरोकारवाला मन्त्रालयहरूले गरिरहेका छन्। ‘चिनियाँ राष्ट्रपतिको भ्रमणको तयारी तीव्र गतिमा भइरहेको छ । भ्रमणका बेला हुनसक्ने भनिएका सम्झौताको तयारीमा मन्त्रालयहरू जुटेका छन्,’ परराष्ट्र मन्त्रालय उच्च स्रोतले भन्यो।

प्रकाशित मिति: : 2019-09-30 18:48:15

प्रतिकृया दिनुहोस्