रोजाइमा नेपाली मूर्ति, दसैंले बढायो व्यापार

तस्बिरः नेपालन्यूज

नेपालगन्ज उपमहानगरपालिका–८ का सन्दीप वंशकार यतिबेला निकै व्यस्त बनेका छन्। दसैं नजिकिएसँगै नवदुर्गा, गणेशलगायतको मूर्ति बेच्न उनलाई भ्याइनभ्याइ भएको छ। उनले आफैं तयार पारेका मूर्ति रानीतलाउ सब्जीमन्डीनजिकै राखेका छन्, जहाँ अहिले मूर्ति किन्ने ग्राहक बढेका छन्। घटस्थापनामा सबैले मूर्ति स्थापना गर्ने भएकाले उनको व्यस्तता बढेको हो।

सन्दीप उमेरले १७ वर्षका हुन्, तर उनमा रहेको अद्भूत कला उनले बनाएका मूर्तिमा देख्न पाइन्छ। उनी ८ वर्षअघिदेखि नै आफूले मूर्ति बनाउन काम थालेको बताउँछन्।अरुबेला उनी ब्यान्ड बाजाको काम गर्छन्। दसैंलाई लक्षित गरेर २/३ महिना भने मूर्ति बनाउने काममा व्यस्त रहन्छन्। मूर्ति बनाउने रहर पूरा गर्नकै लागि पनि आफू यो काममा लागेको सन्दीप बताउँछन्। ‘मूर्ति बनाउन आवश्यक पर्ने पराल, भुसा, माटोलगायत सामग्री बाँकेको डुडुवा गाउँपालिकाबाट किनेर ल्याउँछु,’ उनले भने, ‘३ देखि ४ हजार रुपैयाँमा एक ट्याक्टर माटो आउँछ।’

प्रकाशित मिति: : 2019-09-30 07:18:43

प्रतिकृया दिनुहोस्