जोखिममा डिजिटल बैंकिङ

तस्बिरः अन्नपूर्ण पोष्ट

काठमाडौं  १४ भदौ २०७६ : चिनियाँ ह्याकरले एटीएम ह्याक गरी नेपाल र भारतबाट करिब ३ करोड ५८ लाख रुपैयाँ चोरी गरे। नबिल बैंकका सुरक्षागार्डको चलाखीले केही अपराधी समातिए। पाँच चिनियाँ नागरिक र एक चिनियाँमूलका फ्रान्सेली नागरिकलाई प्रहरीले पक्राउ गर्‍यो। नेपाल आएका दुई र भारतबाट पैसा निकाल्ने अरू थुप्रै व्यक्ति अनुसन्धानको घेरामा आउन सकेका छैनन्। यो घटनामा प्रभु बैंकले २ करोड ४५ लाख, ग्लोबल आईएमईले ४६ लाख, सनराइजले २५ लाख, माछापुच्छ«ेले २१ लाख, एनआईसी एसियाले १७ लाख, सिटिजन्सले ३ लाख ४५ हजार र जनताले २ लाख रुपैयाँ गुमाए। त्यसमध्ये १ करोड २६ लाख स्वदेशी र थप ५० लाख रुपैयाँजति विदेशी पैसा बरामद भएको छ।

७ असोज २०७६ : कृषि विकास बैंकको ट्रेजरीबाट ४ करोड ७३ लाख ९६ हजार रुपैयाँ विभिन्न व्यक्ति र संस्थाको खातामा रकमान्तर गरी लुट्ने प्रयास भयो। उक्त घटनामा पिटर नामका व्यक्तिले भारतमा बसेर नेपाली नागरिकलाई प्रयोग गरी ५ अर्ब लुट्ने योजना बनाएको प्रहरीले जनाएको छ। प्रहरीले अन्य अभियुक्तलाई समाते पनि पिटरसँग उनीहरूको सम्बन्धबारे अनुसन्धान अधिकृत स्पष्ट हुन सकेका छैनन्।

प्रकाशित मिति: : 2019-09-30 07:13:35

प्रतिकृया दिनुहोस्