हातैले बनेको टेडोमेडो नेपाली चकलेट

नाना डिलाइटका चकलेट र कुकिजहरू । तस्बिरः निशा भण्डारी/सेतोपाटी

नेपाली ब्रान्ड

दसैं घरघरमा भित्रिसक्यो। तिहार पनि आँगनमै आएर उभिएको छ। चाडवाडमा मिठाइहरू टेसमटेस हुँदै किस्तीमा सजिने बेलै हो। मिठाइका यिनै चाङमा अचेल चकलेटले पनि आफ्नो राम्रो स्थान बनाइसकेको छ।  अनि मिठो चकलेट भनेकै हाम्रा लागि प्रायः विदेशी ब्रान्डकै हुन्छन्। पसलतिर जानु भयो भने पनि गुणस्तरीय चकलेट भनेर विदेशी ब्रान्डकै पाइन्छन्। भलै यहाँ पाइने तिनै ब्रान्डको स्वाद केही फरक होस्, संसारभर चर्चित ब्रान्ड त हुन् नि! 

तर, तपाईंलाई थाहा छ कि छैन, नेपालमै पनि यत्तिकै राम्रा र स्वादिला चकलेट बन्छन्। स्वदेशी ब्रान्डका चकलेट बजारमा छ्यासछ्यास्ती नहोलान्, चाहनुभयो भने पक्कै पाउनुहुनेछ। यस्तै चकलेटमध्ये आज हामी कुरा गर्दैछौं नेपाली चकलेट ब्रान्ड 'नाना डिलाइट'को। यसको मुख्य विशेषता भनेको चकलेटमा नेपालमै उत्पादित सामग्रीहरू प्रयोग हुन्छन्। यो कुनै विशाल कारखानामा बन्दैन, हाम्रै दाजुभाइ-दिदीबहिनीका हातबाट बनेको हुन्छ। 

 

 
प्रकाशित मिति: : 2019-09-30 07:05:27

प्रतिकृया दिनुहोस्