राउटेको गुनासो, ‘प्रधानमन्त्रीसँग भेट्न पाएनौँ’

तस्बिरः नयाँ पत्रिका

सरकारसँग दसैं खर्च माग्न दैलेखबाट काठमाडौं आएका राउटेले प्रधानमन्त्री भेट्न नपाउँदा रित्तो हात घर फर्कनु परेको गुनासो गरेका छन् । राउटेका मुखियाको प्रतिनिधित्व गर्दै आएका प्रकाश शाहीले दसैं खर्च माग्न प्रधानमन्त्रीलाई भेट्ने प्रयास गर्दा पनि असफल भएको बताए । 

राउटेका मुखिया सुर्यनारायण शाहीलाई गाडी चढ्दा वान्ता हुने भएकाले प्रतिनिधि पठाएका हुन् ।  प्रधानमन्त्री केपी शर्मा ओलीसँग भेट नभएपछि उनीहरु रित्तो हात घर फर्कंदै छन् । ‘दसैं नजिकिएकाले आज फर्कन लागेका छौं,’ उनले भने्, ‘गाउँमा प्रधानमन्त्रीलाई भेटेर के ल्यायौं भनेर सोध्छन, के जवाफ दिनु ?’ 

प्रकाशित मिति: : 2019-09-29 16:56:57

प्रतिकृया दिनुहोस्