नौ नगरमा बन्दै सुन्दर पार्क

गोरखापत्र अनलाइन

काठमाडौँ, असोज १२ गते । काठमाडौँ महानगरपालिका वरिपरिका नौवटा नगरपालिकाले महानगरको आर्थिक सहयोगमा सुविधासम्पन्न आकर्षक पार्क यसै वर्षभित्र बनाइसक्ने भएका छन् । महानगरले हरेक नगरपालिकालाई एक÷एक करोड रुपियाँ उपलब्ध गराएपछि नौवटै नगरपालिकाले पार्क बनाउने योजना अगाडि बढाएका हुन् ।
उपत्यका वरिपरिका नौवटा नगरपालिकामा ज्येष्ठ नागरिक, बालबालिका बस्ने, रमाउने र वनभोज गर्न मिल्नेसम्म सुविधा भएका पार्क बन्ने क्रम धमाधम सुरु भएको छ । कीर्तिपुर, गोकर्णेश्वर, कागेश्वरी मनोहरा, बूढानीलकण्ठ, शङ्खरापुर, तारकेश्वर, नागार्जुन, चन्द्रागिरि र दक्षिणकाली नगरपालिकाभित्र एक÷एकवटा सुविधासम्पन्न पार्क बनाउने काम थालिएको छ ।
काठमाडाँैं महानगरका प्रमुख विद्यासुन्दर शाक्यले महानगरभित्र समस्या भए पनि छिमेकी नगरपालिकासँग समन्वय र सहकार्य गरेर अगाडि बढ्न पार्क निर्माणका लागि रकम उपलब्ध गराएको जानकारी दिनुभयो । महानगर प्रमुख शाक्यले भन्नुभयो, “हामीले सार्वजनिक जग्गा संरक्षण र हरियाली प्रवद्र्धनको काम गर्दै आएका छौँ । सबै नगरपालिकालाई बराबर रकम दिएका छौँ, कसैलाई पुग्ला कसैलाई नपुग्ला तर भोलिका दिनमा समीक्षा गरेर अगाडि बढ्नेछौँ ।”

प्रकाशित मिति: : 2019-09-29 07:16:57

प्रतिकृया दिनुहोस्