तोकिएभन्दा बढी शुल्क लिएका मेडिकल कलेजलाई रकम फिर्ता गर्न एक महिने अल्टिमेटम

फाइल तस्बिर

सरकारले एमबीबीएस अध्यापनका लागि तोकिएभन्दा बढी शुल्क लिएका मेडिकल कलेजलाई विद्यार्थीको रकम फिर्ता गर्न आग्रह गरेको छ ।

गृह मन्त्रलायमा सोमबार गृहमन्त्री रामबहादुर थापा ‘बादल’, शिक्षामन्त्री गिरिराजमणि पोखरेलसहित दुई मन्त्रालयका पदाधिकारीबीच भएको संयुक्त बैठकले विद्यार्थीबाट बढी लिइएको शुल्क एक महिनाभित्र फिर्ता गर्न अल्टिमेटम दिएको हो ।

पोखराको गण्डकी मेडिकल कलेज र चितवनको चितवन मेडिकल कलेजले सरकारले तोकेको भन्दा बढी शुल्क लिएको भन्दै विद्यार्थीले आन्दोलन गरेका छन् ।

सरकारले एमबीबीएस अध्ययनका लागि काठमाडौं उपत्यकामा ३८ लाख ५० हजार र काठमाडौं उपत्यकाबाहिर ४२ लाख ५० हजार रुपैयाँ शुल्क तोकेको थियो ।

प्रकाशित मिति: : 2019-09-23 18:18:58

प्रतिकृया दिनुहोस्