'भगवानसँग पनि बार्गेनिङ! यसरी धर्म कमाइएला र!'

मूर्तिको आकृति तयार गरिँदै। तस्बिरः नारायण महर्जन/सेतोपाटी

भारत, कोलकाताका रुवी पाल र राजु खुडाइ हरेक वर्ष साउन–भदौतिर सपरिवार काठमाडौं आउँछन्। कुपन्डोलमा बस्छन्। यहाँ आएदेखि नै उनीहरूको व्यस्तता बढ्छ- रातो माटो ल्याउँछन्। वर्षाले खाएको बलेसी सिनित्त र समतल पार्छन्। कमेरोले घरको शिरपुच्छार रंग्याउँछन्।

दसैंमा हामी सबै कुन लुगा लगाउने वा के खाने सोचिरहेका बेला उनीहरूलाई पिरलोले ढ्यांग्रो ठोक्छ– कसरी समयमै काम भ्याउने! ‘राति १ बजेसम्म काममा लाग्छौं, बिहान पनि ६ बजेबाटै काम सुरू गर्छौं,’ रुवी भन्छन्, ‘वर्षमा यही दुई महिना त हो राम्रो कमाइ हुने, काम त खटिएर गर्नुपर्यो।’ रुवी र राजु माटोको मूर्ति बनाउने मूर्तिकार हुन्। विभिन्न देवीदेवता र विशेषगरी दुर्गा माताको मूर्ति बनाउन तल्लीन उनीहरू यो समय दिनरात एक बनाएर खटिन्छन्।

 

 
प्रकाशित मिति: : 2019-09-27 07:42:16

प्रतिकृया दिनुहोस्