जाइकाले ४१७ मेगावाटको नलसिंहगाड आयोजना निर्माण गर्ने, पीपीपी मोडलमा बनाउन जाइकाको प्रस्ताव

तस्बिरः अभियान दैनिक

असोज ९, काठमाडौं । जापानी विकास नियोग (जाइका) ले ४१७ मेगावाट क्षेमताको नलसिंहगाड जलविद्युत आयोजना निर्माण गर्ने भएको छ । आयोजना अघि बढाउने सम्बन्धमा ऊर्जा, जलस्रोत तथा सिंचाइमन्त्री वर्षमान पुन र जाइकाका कार्यकारी उपाध्यक्ष काजुहिको कोशिकावाबीच बिहीवार सहमति भएको हो ।

उक्त आयोजना निर्माणका सम्बन्धमा छलफल गर्न जाइकाले गरेको निमन्त्रणमा मन्त्री पुन जापानमा  भ्रमणमा रहेकै बेला सो सहमति भएको हो । जाइकाले उक्त आयोजना सार्वजनिक निजी साझेदारी (पीपीपी) मोडलमा  निर्माण गर्न प्रस्ताव गरेको मन्त्री पुनलाई उदृत गर्दै उनको सचिवालयले जानकारी दिएको छ  । जाइकाले उक्त आयोजनालाई उच्च प्राथमिकतामा राखेको मन्त्री पुनले बताएका छन् । ‘जाइकासँगको छलफल अत्यन्तै सकरात्मक भएको छ,’ मन्त्री पुनले भने, ‘विस्तृत परियोजना प्रतिवेदनको अध्ययन लगत्तै परियोजना अघि बढाउने पहल थाल्ने प्रतिवद्धता आएको छ ।’

प्रकाशित मिति: : 2019-09-27 06:37:38

प्रतिकृया दिनुहोस्