फाट्टफुट्ट वर्षा दशैँसम्म

तस्बिरः गोरखापत्र

काठमाडौँ, असोज ९ गते । साविकअनुसार यस वर्षको मनसुनको समय अवधि सकिएको छ । दुई दिनअघि नेपालको मनसुनको समय अवधि सकिएको हो । तथापि मनसुन सक्रिय गराउने न्यूनचापीय रेखा अझै नेपाल आसपास नै रहेकाले मनसुन चक्रको अन्त्य भने नभएको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

“मनसुन अन्त्य हुन यसका विभिन्न ‘क्राइटेरिया’ पूरा हुनुपर्छ, त्यो हुने सम्भावना तत्काल देखिँदैन”, मौसमविद् मञ्जु बासीले थप्नुभयो, “अझै करिब एक साता मनसुन सक्रिय रहने सम्भावना देखिन्छ । ” फाट्टफुट्ट वर्षा भने दशैँसम्म कायम रहने उहाँले आकलन गर्नुभयो । यति बेला मनसुनी न्यूनचापीय रेखा औसत स्थानभन्दा दक्षिणतर्फ छ । केही दिनअघि सरेर उत्तर पुग्दा पनि विविध स्थानमा भारी वर्षा भएको थियो । यसरी मनसुनी रेखा यताउता सर्ने गर्दा आसपासका क्षेत्रमा हल्कादेखि भारी वर्षा कायम रहने उहाँले बताउनुभयो । यसमा स्थानीय वायुको प्रभावले थप मद्दत पु¥याएको छ ।

प्रकाशित मिति: : 2019-09-26 06:55:50

प्रतिकृया दिनुहोस्