माथिल्लो त्रिशूली ‘थ्री बी’को सेयर किनेका प्रधानमन्त्रीले कहिले पाउँदैछन् लाभांश ?

तस्बिरः नेपाल न्यूज

प्रधानमन्त्री केपी शर्मा ओलीले २० कित्ता सेयर किनेर सर्वसाधारणलाई सेयर बिक्रीको सुरुवात गरेको माथिल्लो त्रिशूली ‘थ्री बी’ जलविद्युत आयोजनाले कहिलेसम्म लाभांश वितरण गर्ला भन्ने चर्चा चल्न थालेको छ। ‘जनताको जलविद्युत’ कार्यक्रमअन्तर्गत सर्वसाधारणबाट पैसा उठाएर निर्माण अगाडि बढाएको उक्त आयोजनामा प्रधानमन्त्री, ऊर्जा मन्त्रीलगायतको लगानी रहेकाले पनि आयोजना निर्माण कहिले सकिन्छ र त्यसले कहिलेसम्म लाभांश वितरण गर्छ भन्ने बिषयले चर्चा पाएको हो।

उक्त आयोजना निर्माण हुन अझै कम्तीमा दुई वर्ष लाग्ने र त्यसपछि ३ वर्षजति ऋणको सावा ब्याज तिर्न लाग्ने अनुमान गरिएको छ। यो हिसाबले अझै उक्त आयोजनाबाट प्रधानमन्त्री, सर्वसाधारणले लाभांश पाउन ५ वर्ष लाग्ने देखिन्छ।

प्रकाशित मिति: : 2019-09-25 07:03:05

प्रतिकृया दिनुहोस्