नेपाली चलचित्रमा विविधताको खोजी किन भएन ?

नेपाली चलचित्रमा विविधता खोजको बहस उठ्न थालेको छ ।

नेपाली चलचित्रमा विविधता खोजको बहस उठ्न थालेको छ । बहुजातीय, बहुभाषिक, बहुसांस्कृतिक र बहुधार्मिक नेपाली समाज विविधताले भरिपूर्ण छ । पछिल्लो समय नेपाली समाजको विविधतालाई चलचित्रमा कत्तिको समेटिएको छ ? भन्ने विषयलाई समाजशास्त्रीय दृष्टिकोणबाट पनि हेर्न थालिएको छ ।

नेपाली समाजले चलचित्रलाई कसरी बुझ्छ ? चलचित्र कसले हेर्ने, कसले नहेर्ने ? यो अन्योल नै अहिलेको पुस्ताको सबैभन्दा ठूलो समस्या रहेको देख्छन् राजनीतिक विश्लेषक तथा अनुसन्धानकर्ता सोमत घिमिरे । ‘नेपाललाई चार जात छत्तीस वर्णको देश भनिन्छ र यो वाक्य कैयौंपटक दोहोर्‍याइसकिएको छ ।

तर केही वर्ग, जात, समुदाय र क्षेत्रलाई ‘झार’ बनाइयो । यो फूलबारीभित्र को–को ‘झार’ हुन् ? उसलाई कसले, किन र कहिलेदेखि ‘झार’ बनायो ? कथित् ‘झार’लाई फेरि फूलबारीको फूल बनाउन राज्यले केकस्ता प्रयास गर्याे ? यस्ता कुरा आज नेपाली र नेपाली समाजको टड्कारो समस्याका विषयका रूपमा रहेका छन् । यसको सम्बोधन हुन सकेको छैन,’ घिमिरेले बताए ।

प्रकाशित मिति: : 2019-09-25 00:02:20

प्रतिकृया दिनुहोस्