जात्रामा देखिने काठमाडौं सभ्यता

तस्बिरः सेतोपाटी

विष्णुलाल श्रेष्ठलाई मैले २०७६ जेठ २६ गते जैसीदेवलको उनकै पुर्ख्यौली घरमा भेटेको थिएँ। त्यस दिन मच्छिन्द्रनाथको भोटोजात्रा थियो। जावलाखेलमा बिहानैदेखि चहलपहल होला। म भने लिच्छविकालदेखि मनाइँदै आएको, तर मान्छेले सम्झन छाडेको कुमार खटजात्रा हेर्न दिउँसो १२ बजेतिर जैसीदेवल पुगेँ। यसपालि दुवै जात्रा संयोगले एकैदिन परेका थिए।

मैले एउटा पसलमा ‘फलानोको घर कहाँ हो’ भनेर सोधेँ। पसलेले पूर्वोत्तर कुनामा रहेको कुमारको ‘द्योछेँ’ (देउताको घर) तिर इसारा गरे। आँगनमा कुमारको खट झकिझकाउ थियो। उधूम भीड थिएन। मान्छे आउँदै, दर्शन गर्दै, जाँदै थिए।

प्रकाशित मिति: : 2019-09-23 19:22:46

प्रतिकृया दिनुहोस्